१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

चलचित्र हलहरूमा पाइरेसीविरुद्धको सामग्री देखाउन बोर्डको पत्राचार



काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरूमा देखाइने भएको छ। बिहीबार देशभरका चलचित्र हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र स‌घलाई पत्राचार काट्दै बोर्डले हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेको छ।

बोर्डले आर्थिक वर्ष २०७९।८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ। बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ। यो सामग्रीमा प्रियंका कार्की, रुवि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् भने सुयोग गुरुङले निर्देशन गरेका छन् ।

यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।

बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसीसम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गरे । उनले बोर्डले वर्तमानमा डरलाग्दो स्थितीमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताए ।

साथै, केसीले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताउए । यो सामग्री चलचित्र हलहरुमा चलचित्र सुरु हुने समयमा प्रदर्शन गर्ने साथै, अन्य सार्वजनिक स्थलहरुमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी रहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : ३७ बजे

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म