२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालगन्जमा कोरा च्यालेन्ज २०२३ सम्पन्न



नेपालगन्ज । साइकल प्रेमिहरुको महोत्सवका रूपमा मनाइदै आएको कोरा साइक्लिङ च्यालेन्ज २०२३ नेपालगन्जमा सम्पन्न भएको छ । ५ औं सस्करणको कोरा च्यालेन्ज २०२३ भब्य रुपमा सम्पन्न भएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

कोरामा यसवर्ष ७ बर्षिय अभिनब चौधरी लगायत ६५ जना साईक्लिष्टको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालगन्ज एस.ओ.एस. युवालयका डाइरेक्टर तुलाराम बिश्वास सहित युवालयका सदस्यहरुको पनि सहभागीता रहेको थियो ।

नेपालगन्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईं साईकल चलाएर शुभारम्भ गरेका थिए । साइकल यात्रीहरूले नेपालगन्जको बौद्ध गुम्बा, जामा मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो– नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमिटरको यात्रा पुरा गरेर साइकल यात्रीहरु नेपालगन्ज फर्किएका थिए ।

५०र७५र१९९ किलोमीटरको यात्रा तय गरेको साइक्लिस्टहरुले बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किएका थिए भने एउटा समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी बताए ।

कार्यक्रमलाई भब्य र उत्सव तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष निरौलाले धन्यवाद दिएका छन् । उनले आगामी दिनमा साइक्लिङका थप कार्यक्रम समेत आयोजना गरिने पनि बताए ।

कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ११ : ०३ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल