२५ भदौ २०८३, बिहिबार | September 10, 2026

अवैध हतियारसहित एकजना पक्राउ



स्याङ्जा । भिरकोट नगरपालिका-७ चिउरीखर्क बस्ने ४० वर्षीय यम बहादुर गुरुङलाई अवैध एकनाले  भरुवा बन्दुक १ थान, फलामको छर्रा ७ वटा, बारुद करिब ५० ग्राम, छर्रा बानाउने सिसा १ थान, सोडा करिब ५० ग्राम, पटाका २ थान र खुकुरी १ थानसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै १७ वर्षीया छोरीलाई घरायसी विवादको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरीले खुकुरी खोजी गर्ने क्रममा उक्त अवैध हतियार समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै घाइतेलाई उपचारको लागि भिरकोट नगर अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगी उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ४६ बजे

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि