४ पुस २०८२, शुक्रबार | December 20, 2025

गायिका मिलन नेवारको ‘एक कदम’मा स्मारिका र प्राञ्जल



काठमाडौं । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको एक कदम बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द,  संगीतकार येदिन गजमेरको संगीत रहेको सार्वजनिक गीतमा गायक अनुप र गायिका मिलन गज्जबसँग खुलेका छन् ।

विगत  २ दशकदेखि गीतको संगीतको क्षेत्रमा सक्रिय गायक अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको एक कदममा पछिल्लो समयकी चर्चित मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ ।

एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजीएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।

रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/fwucIdPF2lk

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको