१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव रोकिएको छ । उच्च अदालत पाटनले तत्कालका लागि साधारण सभा र चुनाव रोक्न आदेश दिएसँगै महासंघको ६०औँ साधारण सभा र चुनाव अनिश्चितकालका लागि रोकिएको हो ।

बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग बमोजिम महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका अन्तरिम आदेश जारी गरेको छ ।

चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारिणी समिति, महासङ्घको सदस्यता समिति र महासङ्घको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।

यस मुद्दामा चैत्र २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। आज चैत्र २६ गते न्यायधीशद्वय केसी र खनालको संयुक्त इजलासले सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी भएको हो ।

आगामी आइतबार र सोमबार (चैतको २९ र ३० गते) हुने महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो । देशैभरबाट उम्मेवारहरु सहित प्रतिनिधिहरु काठमाडौं पुगिसकेको छन् । केही उम्मेदवाहरु भने चुनावी प्रचारका लागि देश दौडाहा रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ५ : ३७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको