६ आश्विन २०८०, शनिबार | September 24, 2023

चीनद्वारा संघीय संसदलाई सवारीसाधन सहयोग



काठमाडौं । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो ।

विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो ।
रासस

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ५६ बजे

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : यस्तो रहनेछ प्रचण्डको ब्यस्तता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच

बारामा बोल्न नसक्ने बालिका बलात्कृत

बारा । बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् ।

Prime Minister Prachanda, Chinese President Xi meet

Beijing: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ who arrived here