१८ भदौ २०८३, बिहिबार | September 3, 2026

सांसद् सापकोटाद्वारा राष्ट्रसंघीय राजनीतिक फोरमलाई सम्बोधन



न्युयोर्क, ३ साउन । माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ)लाई सम्बोधन गरेका छन् ।

फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरुलाई अपिल गरे । दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उल्लेख गरे ।

यो नेपालको मात्र नभई तेश्रो विश्वसका अल्पविकसित सबै मुलुकहरुका साझा समस्या रहेको सापकोटाको भनाइ थियो । सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए । मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए । सापकोटाले नेपालको सरकार संसदप्रति जवाफदेही रहेको समेत बताए । सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमिण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो । टोलीमा काँग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोट, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : २० बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा