३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्वराष्ट्रपति भण्डारी ‘बगान’ हेर्न हलमा, राजनीतिकदेखि कलाकारसम्मले गरे ’बगान’को प्रशंसा



काठमाडौं । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मंगलबार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरु, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले बगान हेरेका हुन् ।

अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सोही विषय ‘बगान’ले उठाएको बताए । पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्रि मनले आफुसँग सम्बन्धित् एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै उनले सोही विषयलाई सशक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बगान आमाछोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथि भइरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबैको मनले स्वीकारेको छ,’ श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान बितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’

वरिष्ठ कलाकार हरिवंश आचार्यल बगानको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ,’ आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नवअभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । वरिष्ठ कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे । प्रमिलालाई साथमा राख्दै उनले भने, ‘तपाईंलाई भगवानले अभिनय गर्न नै भनेर पठाएको हुन् । भविष्य उज्जव छ ।’ यो चलचित्र सबै नेपालीले हेर्नैपर्ने उनको भनाइ छ ।

निर्देशक तुलसी घिमिरेले बगानको विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उनले बताए ।

संविधानविद् डा भिमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा समाजको संवेदनशील विषय उठान भएको बताए । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गरे ।

विशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारको लागि उत्कृष्ट रहेको प्रतिक्रियाहरू आउँदा केही भन्नै नसक्ने अवस्था आएको बताइन् ।

‘मैले सधैँ कोही पनि व्यक्ति पुरुष वा महिला भएरभन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु,’ उनले भनिन् ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : २८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका