१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सिनामंगलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ



काठमाडौं । काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको ।

सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई  गौशाला प्रहरीमा राखिएको छ ।

आफूसँग पटक पटक फोन गरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन् ।

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ०६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना