१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँकेमा गड्यौलाबाट मलको उत्पादन गरिँदै



नेपालगन्ज । बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न गर्न थालिएको छ । रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिए । “परीक्षण सफल भएमा कार्यक्रम विस्तार गर्ने योजना छ”, उनले भने । यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए । मल उत्पादनका लागि केन्द्रले यस आर्थिक वर्षदेखि रु सात लाख लगानी भएको जनाएको छ ।

साकारा कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए । “गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुन्छ”, उनले भने ।

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका छ र नेपालगन्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिए । “उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौँ”, उनले भने । मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन् ।

कृषि ज्ञान केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ । राप्तीसोनारीका किसान जीतबहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताए । “अब उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ”, उनले भने । मल उत्पालनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडालगायत कृषि औजार प्रदान गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  २ : ४४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’