१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

राजश्वले बरामद गरेको सुनभएको पोकाको तौल १५५ केजी, सुनको खुद तौल आउन १ साता लाग्ने



काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुनको पोको खुद तौल १५४ किलो भएको छ । टक्सार विभागले विभागले पाठाएको पाकाको तौल १५४ केजी ४६८ ग्राम ठहर भएको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् ।

सुन कति छ भनेर पत्ता लगाउन पोका खोल्नु पर्ने र गालेर ठहरिएको तौल मात्र अन्तिम तौल हुने उनले बताए । विभागले पठाएको सुनलाई मुचुल्का उठाएर महाशाखाको ढुकुटीमा राखिएको आचार्यले जानकारी दिए ।

रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् ।

आचार्यले विभागबाट आएका प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन एक हप्तासम्म लाग्न सक्ने बताए ।

उनले सुनको अन्तिम तौल निकाल्न गालेर जोख्नुपर्ने बताउँदै ‘सम्बन्धित निकायबाट सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ४९ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय