७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृहमन्त्री श्रेष्ठ विरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रदैँ, बस्नेत साइबर ब्युरो नजाने



काठमाडौं । उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्धामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेको हो ।

पत्रकार बस्नेत माथी गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरे पछि अहिले चौतर्फी विरोध भईरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरीका जिल्ला शाखाहरुले प्रेस विज्ञप्ति निकालेर बस्नेत माथी मुद्धा चलाउने गृहमन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता विरोधी’ हर्कत भन्दै विरोध जनाएका छन् ।

गृह मन्त्रालयको सचिवालयले हालेको उजुरी पछि साइबर ब्युरोबाट फोन आएपछि त्यसलाई अस्विकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन् । ‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्युरोबाट फोन आएको छ । उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीं जानुहुन्न, बस्नेतले भनेका छन, ‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौं । सरकारले हामीलाई गिरफ्तार गरोस् । हामी हाँसीहाँसी जेल जान तयार छौं ।’

उनले अगाडी भनेका छन, ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो ।’

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११