७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाग्नर समुहको बिद्रोह पछि पुटिन र बेलारुसका राष्ट्रपतिबिच पहिलो भेटबार्ता



मस्को । रुसी राष्ट्रपति भ्लादिमर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिचमा भेटबार्ता भएको छ । रुसी भाडाको सैनिक वाग्नर सेनाको विद्रोहपछि आइतबार पहिलो पटक दुवै नेताको भेटबार्ता भएको हो ।

यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको रुसको आधिकारिक मिडिया एजेन्सी टासले जनाएको छ । टासले सार्बजनिक गरेको भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भने– ‘हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं ।’

लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन। यसबारे पुटिनले भने – प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।

रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ कि यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले समस्यामा परेको बताएका छन् । उनीहरु पश्चिमा देशतर्फ जान चाहन्छन् ।

लुकासेन्कोले भने कि निजी सेनाका सिपाहीहरू भन्छन्, वारसा र रेजासोभ वरिपरि घुमौं। वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ। यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन्।

यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज