२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपालको विकासको आधार : शिक्षा, स्वास्थ्य र रोजगार – महामण्डलेश्वर प्रखरजी महाराज

प्रखर परोपकार मिशन नेपालको साधारणसभा : सर्वसम्मत नयाँ नेतृत्व चुन्न असफल



खजुरा । प्रखर परोपकार मिशन नेपालका प्रेरक ब्यक्तित्व तथा भारतका महामण्डलेश्वर प्रखरजी महाराजले आफुले कहिल्यै नेपाल हिन्दु राज्य बन्नु पर्छ भनेर नभन्ने गरेको बताएका छन् । उनले धर्मलाई परोपकार र मानव सेवामा क्रियाशील बनाए हिन्दु राज्यको माग गर्न आवश्यक नरहेको बताए ।

प्रखर परोपकार मिशन नेपालको ११ औ साधारणसभाको उदघाटन गर्दै महामण्डलेश्वर महाराजले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा र रोजगार अति आवश्यक रहेको बताए । उनले नेपाल समृद्ध भएमात्र धर्मको पनि रक्षा हुने उल्लेख गर्दै नेपालमा पितृ श्रद्धाको संस्कृतिमा भारत भन्दा धेरै अगाडि रहेको बताए । खजुरामा संचालनमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भारतमा रहेको सुबिधा सम्पन्न अस्पतालमा रहेका सबै प्रबिधिहरु रहेको दाबी गर्दै क्यान्सर अस्पताल जनताको सम्पूर्ण सेवा दिन सक्षम रहेको बताए ।

रामराज्यलाई लोकतान्त्रिक राज्यको तुलना गर्दै नेपालमा विकास हुँदै गरेको लोकतन्त्रले देशमा छिटै परिवर्तन दिने पनि उनले विश्वास ब्यक्त गरे । नेपालमा गरिबी सबैभन्दा बढी समस्याकारुपमा रहेको बताउँदै प्रखरजी महाराजले गरिबीकै कारण ठुलो संख्याका नेपाली बैदेशीक रोजगारीमा जान परेको बताए । शिक्षा, स्वास्थ्य र राजगारीको सृजना गर्न सके नेपालीलाई नेपालमै रोक्न सकिने बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका संकल्पकर्ता दीनदयालजी महाराजले खजुराको क्यान्सर अस्पताल सबैको तिर्थस्थल बन्न सफल भएको बताए । आफ्नो संकल्पलाई साकार पार्न खजुरा र त्यस आसपासका स्थानीबासीले देखाएको सक्रियाले आफु हर्षविभोर भएको उल्लेख गर्दै खजुराको क्यान्सर अस्पताल बनाउन हिन्दु मात्र नभएर मुस्लिम, ईसाई र सबै धर्मालम्बिहरुको सहभागीता रहेको स्मरण गरे ।

महिन नेपालका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पताल निर्माणमा सहयोग गर्ने सरकारी अधिकारीहरु सहित सबै बर्ग, तहका सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरे । उनले अस्पतालमा अझै धेरै कामहरु गर्न बाँकी रहेकाले सक्रिय र सक्षम नेतृत्व छान्न आवश्यक रहेको बताए । आफु नेतृत्वको टिमले आम नागरिकलाई एउटा सुबिधा सम्पन्न अस्पताल निर्माण गरेर दिएको बताउँदै त्यसको संचालन र स्तर उन्नती गर्ने सबैको दायित्व भएको बताए ।

बांके जिल्लाको खजुरा र आसपासका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारण जनताको आवश्यकतालाई दृष्टिगत गरी चिरकालसम्म स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभिप्रायबाट प्रेरित भई प्रखर परोपकार मिसन नेपालको २०६२ सालमा विधिवत दर्ता गरी प्रखर परोपकार मिसन क्यान्सर अस्पताल प्रस्तावित गरिएको थियो । सोही अस्पताल २०७२ सालबाट सरकारले स्वामित्व ग्रहण गर्दै संघीय सरकारबाट संचालन हुँदै आएको छ ।

सभाले मिशनका महासचिव राजेन्द्र आचार्यले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिबेदन सुझाव सहित पास गरेको छ भने सचिव सतिस निरौलाले प्रस्ताव गरेको विधान संशोधनको प्स्ताव पनि केही बुँदा थप गर्दै पास गरेको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेपनि सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आजको सभा स्थगित गरिएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता ईश्वरी ज्ञवालीले सर्वसम्मतको सम्भावना खोज्न निर्वाचन कार्यक्रम आजलाई प्रकाशित नगरिएको जनाए ।

सभा बस्नुअघि प्रखरजी महाराजले अस्पताल परिषरमा राखिएको शिलालेखको अनावरण गरेका थिए । उनले सो अवसरमा अस्पतालको बिभिन्न उपकरण सहित स्वास्थ्यलाभ लिन आएका सेवाग्राहीहरुको अवलोकन गरेका थिए ।

अस्पतालले क्रमशः क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकाँश क्यान्सर रोगका विरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने वाध्यता समाप्त भएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ४७ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ