२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

यी पाँच भारतीय टिभी शो, जसको २ हजार बढी एपिसोड बनेको थियो



मुम्बइ । टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।

एकै समयमा धेरैले केहि महिना भित्र अफ एयरमा जान्छन् । तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५ वर्षदेखि मनोरञ्जन दिइरहेका छन्।

जहाँ यो लिस्टमा धेरै फ्यानहरुले तारक मेहताका ‘उल्टा चश्मा’को नाम लिने गरेका छन् । तारक मेहताको यो टिभी शो सुरु भएको १५ वर्ष भइसक्यो तर अधिकांश एपिसोडको हिसाबले टिभीको लोकप्रिय सिरियलले यसलाई पछाडि छोडेको छ ।

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘एक सोप ओपेरा’ हो, जुन १२ जनवरी २००९ मा स्टार प्लसमा सुरु भएको थियो। अक्षरा र नैतिकका पात्रहरूबाट सुरु भएको थियो, जुन अहिले उनकी नातिनी अक्षरा र उनका पूर्व पति अभिमन्युको वरिपरि घुमिरहेको छ । योसँगै यो शोको हालसम्म ४ हजार १३७ एपिसोड आएका छन् र यो टिभीमा चलिरहेको छ ।

दोस्रो नम्बरमा तारक मेहताको ‘उल्टा चश्मा’ छ, जुन सोनी सबको सिटकम हो। यसको कथा जेठालाल र उनको छिमेकी अर्थात् गोकुलधामका बासिन्दाहरूको कथामा आधारित छ। २८ जुलाई २००८ मा सुरु भएको यो सिरियलको अहिलेसम्म ३ हजार ८३१ एपिसोडहरू निमार्ण भईसकेका छन् र अझै पनि दर्शकहरूको नम्बर एक शोको रूपमा चलिरहेको छ।

तेस्रो सिरियल हो, ‘कुमकुम भाग्य’ । जसले २ हजार ४९१ एपिसोड पूरा गरिसकेको छ । यो १५ अप्रिल २०१४ मा लन्च भएको थियो, जसमा प्रज्ञा र अभिको कथा देख्न पाइन्छ । यद्यपि यो कथा अहिले अगाडि बढेको छ र मुख्य पात्रले शोलाई अलविदा गरिसकेका छन्।

चौथो सिरियल हो– ‘बालिका वधु’ । जसको २२४८ एपिसोड थिए । जुन कलर्स टिभीको यो सिरियल २१ जुलाई २००८ मा सुरु भई ३१ जुलाई २०१६ मा समाप्त भएको थियो ।

पाँचौं सिरियल एन्ड टिभीको ‘भाभीजी घर पर है’ । यो सिरियलले २ हजार ११९ एपिसोड पूरा गरेको थियो, जुन २ मार्च २०१५ मा सुरु भएको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : १८ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक