७ आश्विन २०८३, बुधबार | September 23, 2026

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका – तालिवान सरकार



काबुल । तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् ।

उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन् । हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं । हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’ उनले भने ।

आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन । उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन, अन्यथा तिनीहरू कोसँग लड्ने छन् ।

उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन । ‘अब उनीहरूले यो काम रोक्नु पर्छ’ उनले भने ।

‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’, मुजाहिदले भने, ‘तर अमेरिकाले मानेको छैन ।’

मुजाहिदले अगाडी भने, ‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन्  ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : २५ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक