२० माघ २०८२, मंगलबार | February 3, 2026

बुटवलको देविनगरबाट मोटरसाइकल चोरी गर्ने युवा पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरको रङ्गशाला नजिकैंबाट रातको समयमा मोटरसाइकल चोरी गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-६ गोबरीका लोक बहादुर विक रहेका छन् ।

देविनगर रङ्गशाला नजिकै पार्किङ गरेर राखिएको स्थानीय भिमबहादुर खासुको लु ३५ प १६२८ नम्बरको मोटरसाइकल आइतबार राती करिब ८ बजेको समयमा चोरी भएको थियो ।

चोरी भएको निवेदनपछि मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आरोपितलाई मोटरसाइकलसहित फेला पारेको थियो ।

पक्राउ परेका विकलाई चोरी सम्बन्धि कसूरमा रुपन्देही जिल्ला अदालतबाट म्यादथप लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २३ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र