४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको देविनगरबाट मोटरसाइकल चोरी गर्ने युवा पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगरको रङ्गशाला नजिकैंबाट रातको समयमा मोटरसाइकल चोरी गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-६ गोबरीका लोक बहादुर विक रहेका छन् ।

देविनगर रङ्गशाला नजिकै पार्किङ गरेर राखिएको स्थानीय भिमबहादुर खासुको लु ३५ प १६२८ नम्बरको मोटरसाइकल आइतबार राती करिब ८ बजेको समयमा चोरी भएको थियो ।

चोरी भएको निवेदनपछि मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आरोपितलाई मोटरसाइकलसहित फेला पारेको थियो ।

पक्राउ परेका विकलाई चोरी सम्बन्धि कसूरमा रुपन्देही जिल्ला अदालतबाट म्यादथप लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको