४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कपिलवस्तुको तौलिहवाबाट श्रोत नखुलेको ४८ लाख रकम सहित एक जना पक्राउ



कपिलवस्तु। कपिलवस्तुमा स्रोत नखुलेको अवैध भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।कपिलवस्तु  नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।

आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपियाँ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हाजर १२७ रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ०१ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी