१९ बैशाख २०८१, बुधबार | May 1, 2024

माओवादी सांसद देवेन्द्र पौडेलको प्रश्न- भ्रष्टाचार छानबिन गर्दा किन अवरोध ?



काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारीमाथि छानबिन गर्दा किन विरोध र अवरोध गर्न खोजिएको हो भनी प्रश्न उठाएका छन् ।

‘सरकारलाई म बधाई दिन चाहन्छु । तर, यहाँ दिउँसै रात पार्न खोजिएको थियो,’ उनले भने, ‘भ्रष्टाचारको छानबिन सुरु गर्दा माननियहरुलाई टाउको नदुखोस् । व्यक्तिको अनुहार हैन उसको गल्ती हेरेर भ्रष्टाचार छानबिनलाई अगाडि बढाउनुपर्छ ।’

उनले भ्रष्टाचारमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन, सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय प्रश्नहरु पटक-पटक आइरहेको भन्दै उनले सरकारले अहिले केही भ्रष्टाचारमा छानबिन गर्दा किन संसद् अवरोध गरिएको हो भन्दै प्रश्न गरे ।

एमालेले सुन प्रकरणमा सुरुमै अवरोध गर्दै प्रश्न उठाएपछि समय लिएर बोल्दै पौडेलले भने ‘हामी अवरोध, विरोध गरेर अनुसन्धान रोक्न खोज्दैछौं कि के गर्दै छौं ?’

दोषीलाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने भन्दै उनले यस्ता घटनामा अझ अगाडि बढेर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ०३ बजे

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य