७ आश्विन २०८३, बुधबार | September 23, 2026

सेटिङ हैन भने भरिया मात्र किन पक्राउ परे ? – रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सेटिङ विना यत्रो सुन विमानस्थलवाट बाहिर आउनै नसक्ने दाबी गरेका छन् । उनले यो सेटिङ जनताले थाहा पाइसकेको भन्दै यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ भन्दै प्रश्न गरे ।

उनले यो सरुवा कारबाही हो कि पुरस्कार हो ? भन्दै उनीहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि सरुवा गरेर पुरस्कार गर्ने हो ? भनी प्रश्न गरे । उनले कुनै अभियोगमा डामेर छोडेपछि समय दिएपछि अनुसन्धान प्रभावित गर्ने, टेलिफोन फर्म्याट गर्न मिल्छ होला? भनी प्रश्न गरे ।

‘सरकारलाई सूचना आएको थियो रे । अनि भरिया मात्र पक्राउ गर्न यस्तो गरिएको हो,’ उनले भने, ‘हैन भने यसलाई पछ्याएर मालिक पनि समाउने सकिन्थ्यो होला नि । यो किन भएन यो एउटा ठूलो सेटिङ हो ।’

जो प्रमुख हुन् उनीहरुले त्यो निकायको प्रमुख रहन नसक्ने भन्दै उनीहरुले प्रमाण नष्ट गर्न सक्ने बताए । ‘यही विषयमा छलफल गर्न हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं । चित्त बुझ्दो जवाफ नपाएमा रास्वपाले अरु कदम चाल्नेछ,’ उनले भने, ‘यो प्रकरणमा भरियालाई मात्र मुद्दा दायर गर्ने अनि केही कर्मचारीहरु सरुवा गरेर यसलाई टाल्न मिल्दैन ।’

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ०९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज