२७ भदौ २०८३, शनिबार | September 12, 2026

बाँकेको जानकीमा नयाँ कन्या स्कुल



नेपालगन्ज । मधेशी तथा मुस्लिम समुदायका बालिकालाई विद्यालय नपठाउने र पठाएपनि बिचमै छुटाउने परम्परालाई निरुत्साहित गर्न बाँकेको जानकी गाउँपालिकाले कन्या विद्यालय सञ्चालनमा ल्याएको छ । कक्षा ६ सम्म पढाइ हुने गरि जानकी गाउँपालिका ३ मानपुरमा नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयसञ्चालन गरिएको हो ।

यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको यस विद्यालयमा दुई सय ७४ जना विद्यार्थी भर्ना भएको विद्यालयका छन् । पहिलो वर्ष भएपनि विद्यार्थीको सङ्ख्या धेरै रहेको र अभिभावकले निर्धक्कका साथ बालिकालाई विद्यालय पठाएको प्रधानाध्यापक मालती शाहीले बताइन् ।

मधेशी तथा मुस्लिम समुदायमा छोरीलाई घरबाहिर पठाउन अभिभावकहरुले सङ्कोच मान्ने भएकाले अलग्गै कन्या विद्यालय सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए । यस विद्यालयमा कार्यरत शिक्षक र अन्य कर्मचारी पनि महिला नै राखिएको अध्यक्ष खाँले बताए ।

अध्यक्ष खाँले कक्षा ५ पढेपछि बालिकालाई बाहिर पढ्न नपठाउने र बिहे गरिदिने प्रचलन रहेकाले त्यसलाई अन्त्य गर्नका लागि अलग्गै कन्या विद्यालय स्थापना गर्नुपरेको बताए । मधेसी र मुस्लिम समुदायमा अहिले पनि बालबिबाह समस्याको रुपमा रहेको छ ।

गाउँपालिकाको हिउँदे अधिवेशनको निर्णयानुसार कन्या विद्यालय सञ्चालन गरिएको हो । कक्षा १२ सम्म सञ्चालन गर्ने अवधारणाका साथ कन्या विद्यालय सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए ।

अभिभावकले बालिकाको सुरक्षाप्रति आश्वस्त हुँदै विद्यालयमा पढ्न पठाउने भएकाले उनीहरुलाई बसमार्फत घरबाट विद्यालय र विद्यालयबाट घर सम्म सुरक्षित रुपमा छोड्नका लागि बसको व्यवस्थापन गरिने भएको छ । ६ वटै वडाबाट बालिकालाई विद्यालयसम्म पहुँच पुर्याउनका लागि एउटा बस खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने थप एउटा बसका लागि भारतीय दूतावाससँग माग गरिएको प्रमुख प्रशासकीय अधिकृत डांगीले बताए ।

विद्यार्थीका लागि आवश्यक पोशाक, झोला जुत्ता लगायतका सामग्री पनि उपलब्ध गराइने भएको छ । यसबाट छात्राहरुले बीचमै कक्षा छोड्ने कार्य रोकिने र बालविवाहमा पनि कमी आउने विश्वास गाउँपालिकाको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : २३ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले