४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने



 

दाङ । लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण तथा कर्नियाको अपरेसन निःशुल्क गर्ने बजेटको व्यवस्था गरेपछि प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क हुने भएको हो ।

आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने कार्यक्रम लागु गर्ने लुम्बिनी पहिलो प्रदेश भएको प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए । उक्त कार्यक्रम लागु गर्नका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको मन्त्री खनालले बताए।

यस कार्यक्रम अन्तर्गत सरकारले आँखा नदेख्नेलाई उपचारका लागि रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरी बिरामीको उपचार गरेबापतको रकम सोझै अस्पतालको खातामा पठाइने गरि व्यवस्था हुने गरि कार्यबिधि तयार हुँदै गरेको मन्त्री खनालले बताए ।

विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि यो कार्यक्रम निकै फलदायी हुने सरकारको विश्वास छ।

आँखाको ज्योती गुमाएका धेरै ब्यक्तिहरु रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर असहज जीवन बाँचिरहेको हुँदा उनीहरुलाई लक्षित गरि कार्यक्रम ल्याइएको मन्त्री खनालले बताए।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १२ : ३० बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर