७ आश्विन २०८३, बुधबार | September 23, 2026

आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।

मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिइन् ।

उनले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्याङ्क विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गरिन् । “कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ”, उनले भनिन्, “सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पोटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ । ” मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।

सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उनको भनाइ थियो । यसका लागि न्यूनतम खर्चमा एक पोर्र्टल बनाउने काममा मन्त्रालय लागेको समेत उनले बताइन् ।

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गरिन् ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भएगरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिए ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका काम सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  २ : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११