९ श्रावण २०८३, शनिबार | July 26, 2026

अमेरिकी पुर्व राष्ट्रपति ट्रम्प माथी फेरी अर्को मुद्धा, कठिनाई बढने क्रम जारी



वासिङटन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ ।

बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो ।

ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्‍याएको र आफ्नो फ्लोरिडा एस्टेट मार ए लागोबाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मेमा सुरु हुनेछ ।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन् । यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ । यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गर्दै यो बाइडेनलाई अपराधी परिवार भएको र उनको न्याय विभागको उत्पीडनबाहेक केही नभएको बताए।

ट्रम्प विरुद्ध नयाँ आरोपहरू उही दिन आएका छन्, जुन दिन उनका वकिलले २०२० को राष्ट्रपति चुनावलाई बिथोल्ने कथित आरोपहरूसँग सम्बन्धित मुद्दामा अभियोजनकर्ताहरूसँग भेटेका थिए। ट्रम्पलाई मार ए लागोका उनको व्यक्तिगत कर्मचारी वाल्टिन वाल्ट नाउटा र मार ए लागो सम्पत्तिका प्रबन्धक कार्लोस डे ओलिभेरासँग मिलेर सिसिटभी फुटेज मेटाएको आरोप लगाइएको छ, ओलिभेरा र नाउटाबीचको कुराकानीलाई यस मुद्दामा दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

स्मरण रहोस कि डोनाल्ड ट्रम्प माथी सन २०२१ मा राष्ट्रपति चुनाव हारे पछि ह्वाइट हाउस छोड्दा कथित रूपमा धेरै संवेदनशील सरकारी रेकर्डहरू फिर्ता नगरेको र अवैध रूपमा आफूसँग राखेको आरोप लगाइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : २४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको