२० माघ २०८२, मंगलबार | February 3, 2026

गौर हत्याकाण्ड विरुद्धको आन्दोलनमा रौतहट माओवादी विभाजित



रौतहट । गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।

उक्त हत्याकाण्डका विषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी बिभाजित भएको हो ।

जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका छन् । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरू भए पछि त्यसमा आफनो पार्टीको संलग्नता नरहेको उनको भनाई छ ।
‘आज भन्दा १७ बर्ष अगाडि भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भईरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपुर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्योहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहान्छौं, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’

आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो । ६ दलीय सत्तारुढ गठबन्धनले गरेको साह बिरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रस्टाएका हुन ।

तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरु सहभागी छन रु भन्ने उनले विज्ञप्तिमा भने खुलाएका छैनन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : २६ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि