२५ मंसिर २०८०, सोमबार | December 11, 2023

९०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौ। चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ४६ बजे

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका