१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलबाट ९ गते हराएको मोटरसाइकल १० गते प्रहरीले भेटायो, चोर भने भेटाएन



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले गत साउन १० गते बुटवल १ निम चोकबाट हराएको मोटरसाईकल फेलापारि मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । साउन ९ गते निमचोक अगाडी पार्किङ गरेर राखेको अवस्थामा हराएको मोटरसाइकल हराएको भोलिपल्टै प्रहरीले फेला पारेर सवारीधनीलाई बुझाइदिएको हो ।

पीडितको उजुरीको आधारमा खोजी गर्ने क्रममा प्रहरी चौकी जितगढीको टोलीले जितगढीको उजिरर्सिंह माबी अगाडीबाट मोटरसाइकल फेला पारेको प्रहरीले जनाएको छ । मोटरसाइकल धनी ओम प्रकाश रेश्मीले आफ्नो लु २० प ७६८८ नम्बरको मोटरसाईकल हराएको निवेदन प्रहरीमा दिएका थिए ।

बेवारिसे अवस्थामा स्कुल अगाडी मोटरसाईकल फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल प्रहरीले पछिल्लो समय मोटरसाइकल चार्ने गिरोह बिरुद्ध अप्रेशन चलाएपछि हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ०३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क