२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलबाट ९ गते हराएको मोटरसाइकल १० गते प्रहरीले भेटायो, चोर भने भेटाएन



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले गत साउन १० गते बुटवल १ निम चोकबाट हराएको मोटरसाईकल फेलापारि मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । साउन ९ गते निमचोक अगाडी पार्किङ गरेर राखेको अवस्थामा हराएको मोटरसाइकल हराएको भोलिपल्टै प्रहरीले फेला पारेर सवारीधनीलाई बुझाइदिएको हो ।

पीडितको उजुरीको आधारमा खोजी गर्ने क्रममा प्रहरी चौकी जितगढीको टोलीले जितगढीको उजिरर्सिंह माबी अगाडीबाट मोटरसाइकल फेला पारेको प्रहरीले जनाएको छ । मोटरसाइकल धनी ओम प्रकाश रेश्मीले आफ्नो लु २० प ७६८८ नम्बरको मोटरसाईकल हराएको निवेदन प्रहरीमा दिएका थिए ।

बेवारिसे अवस्थामा स्कुल अगाडी मोटरसाईकल फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल प्रहरीले पछिल्लो समय मोटरसाइकल चार्ने गिरोह बिरुद्ध अप्रेशन चलाएपछि हराएका मोटरसाइकल र चोरी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ०३ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न