९ चैत्र २०८२, सोमबार | March 23, 2026

जबरजस्ती करणी गरि भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने बुटवलका आशिष पक्राउ



बुटवल । जबरजस्ती करणी गरी करणीको भिडियो बनाई भाइरल गर्दिन्छु भन्दै ‘ब्ल्याकमेल’ गरेको आरोपमा बुटवलका एक युवा पक्राउ परेका छन् । रुपन्देहीकै एक युवतीलाई करणी गरि भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा पाल्पा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं ९ बस्ने २४ वर्षिय आशिष सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सुनारले बैशाख ५ गते बिहान पाल्पा तानसेन नगरपालिका वडा नं. ३ भगवतीटोल स्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा जबरजस्ती करणी गरेको र करणी गरेको भिडियो बनाई पटक– पटक फोन तथा म्यासेज गरी भेटन नआए भिडियो भाइरल गर्ने धम्की दिने गरेको खुलेको छ ।

साउन ९ गते बिहान आशिष सुनारले पिडितलाई फोन गरी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ माझगाउँमा बोलाई सोही स्थानमा रहेको सानदार होटलमा लगि पुनः जबरजस्ती करणी गरेको प्रहरीले आरोप लगाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई ईलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा आशिष सुनारलाई रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारलाई थप अनुसनधान गरि जबर्जस्ती करणी अभियोगको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : २६ बजे

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते