१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

जबरजस्ती करणी गरि भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने बुटवलका आशिष पक्राउ



बुटवल । जबरजस्ती करणी गरी करणीको भिडियो बनाई भाइरल गर्दिन्छु भन्दै ‘ब्ल्याकमेल’ गरेको आरोपमा बुटवलका एक युवा पक्राउ परेका छन् । रुपन्देहीकै एक युवतीलाई करणी गरि भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा पाल्पा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं ९ बस्ने २४ वर्षिय आशिष सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सुनारले बैशाख ५ गते बिहान पाल्पा तानसेन नगरपालिका वडा नं. ३ भगवतीटोल स्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा जबरजस्ती करणी गरेको र करणी गरेको भिडियो बनाई पटक– पटक फोन तथा म्यासेज गरी भेटन नआए भिडियो भाइरल गर्ने धम्की दिने गरेको खुलेको छ ।

साउन ९ गते बिहान आशिष सुनारले पिडितलाई फोन गरी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ माझगाउँमा बोलाई सोही स्थानमा रहेको सानदार होटलमा लगि पुनः जबरजस्ती करणी गरेको प्रहरीले आरोप लगाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई ईलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा आशिष सुनारलाई रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारलाई थप अनुसनधान गरि जबर्जस्ती करणी अभियोगको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : २६ बजे

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले

Two climbers from Mongolia go missing during Everest expedition

Kathmandu: Two citizens from Mongolia have gone missing during an

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ