२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

चिनियासहित विदेशीलाई निशाना बनाइरहेका १० आतंकवादी पाकिस्तानमा पक्राउ



इस्लामावाद । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ ।

पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो ।

मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।

पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट ९सीटीडी० ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो। सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ।

बिज्ञप्ति अनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन्। आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पुर्‍याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए। शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ ।

यसैबीच, पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : ०५ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले