९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रेस चौतारी रुपन्देहीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा लगायो ताला



बुटवल । नयाँ सदस्यता वितरणप्रति असहमति जनाउंदै प्रेस चौतारी नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ, रुपन्देहीको कार्यालयमा ताला लगाएको छ ।

पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी नेपाल, चौतारी रुपन्देहीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।

त्यसमाथि चौतारी लगायत संस्थाहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नु परेको अध्यक्ष लक्ष्मण पौडेलले बताए । संगठनले उठाएका जायज मागहरु सम्बोधन नभएसम्म तालाबन्दी गरिने अध्यक्ष पौडेलले बताए ।

साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् पत्रकार महासंघ नै हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : १० बजे

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते