बुटवल । नयाँ सदस्यता वितरणप्रति असहमति जनाउंदै प्रेस चौतारी नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ, रुपन्देहीको कार्यालयमा ताला लगाएको छ ।
पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी नेपाल, चौतारी रुपन्देहीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।
त्यसमाथि चौतारी लगायत संस्थाहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नु परेको अध्यक्ष लक्ष्मण पौडेलले बताए । संगठनले उठाएका जायज मागहरु सम्बोधन नभएसम्म तालाबन्दी गरिने अध्यक्ष पौडेलले बताए ।
साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् पत्रकार महासंघ नै हुने चेतावनी दिएको छ ।




















प्रतिक्रिया