४ पुस २०८२, शुक्रबार | December 19, 2025

खैरो हेरोइनसहित बाँकेबाट दुई युवक पक्राउ



बाँके । लागूऔषध खैरो हेरोइनसहित बाँकेबाट प्रहरीले दुई जना पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट खैरो हेरोइन करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित दु्ई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका ३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन्।

इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ६ : ३२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा