१७ असार २०८३, बुधबार | July 1, 2026

विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्रीन एण्ड क्लिनको अवधारणमा जोड दिन्छौं : कुलमान घिसिङ



बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै लैजाने बताएका छन् ।

ग्रीन एण्ड क्लिनको अवधारणा अन्तरगत पेट्रोलियम पदार्थको खपत कम गरी विद्युतीय सामग्री प्रयोगमा प्रोत्साहन गरिने बताए । राष्ट्रिय कर्मचारी युनियन, खेलकुद बिभागले आयोजना गरेको विद्युत प्राधिकरणका कर्मचारी स्तरीय राष्ट्रिय ब्याटमिन्टन प्रथियोगिताको शनिबार समापन समारोहमा बोल्दै घिसिङले सो कुरा बताएका हुन् ।

मुलुकमा विद्युतीय सामग्रीको प्रयोग बढ्दै गएको बताउँदै उनले सेवालाई गुणस्तर र भरपर्दो बनाउनका लागि आवश्यक संरचनाहरु र पूर्वाधार निर्माणलाई प्राथमिकतासाथ अघि बढाइएको बताए । रुपन्देहीको तिलोत्तमा–३ दशनम्बर स्थित तिलोत्तमा ब्याडमिन्टनको क्लबको कभर्डहलमा देशभरका १५० बडी कर्मचारीहरु प्रतिस्पर्धामा उत्रीएका थिए । प्रतियोगितामा मेन्स डबलतर्फ बुटवलका टेकबहादुर बुढा र दाङका भुपेन्द्र विसीको समूहले उपाधी चुम्न सफल भएको छ ।

यसैगरी त्रिशुलीका श्याम महर्जन र काठमाडौंका रन्त श्रेष्ठले उपविजेतामा चित्त बुझाउनु परेको छ । मेन्स डबलतर्फ राजु महर्जन र खगेन्द्र शाही तथा पवन पौडेल र दिनेश वाग्लेको समूह अन्तिम ४ मा पर्न सफल भएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार, द्वितीयलाई २० हजार र अन्तिम ४ मा पर्ने दुई समूहलाई नगद १०/१० हजार नगद राशी प्रदान गरिएको थियो ।

वमेन्स डबलतर्फ पोखराकी यमकुमारी गुरुङ र गोरखाकी अम्बिका सापकोटाको समूह विजेता बनेको छ । दावा कुमारी लामा र विमला भट्टराईको समूहले उपविजेतामा चित्त बुझाउनु परेको छ । यसैगरी अन्तिम चारमा टिका कुमारी लामा र सुशिला विसी तथा तुलसा थापा बुढा र अमृता अर्यालको समूह पर्न सफल भए । प्रतियोगितामा विजेताहरुलाई क्रमशः ३० हजार, १५ हजार र अन्तिम चारमा पर्ने समूहलाई ७ हजार ५ का दरले पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा मेन्स डबल भेट्रान्सतर्फ राजु महर्जन र श्रीप्रसाद धिमालको समूह प्रथम हुँदै नगद ३० हजार पुरस्कार राशी प्राप्त गरेको छ । विष्णु मास्के र विष्णु गैरेको समूह उपविजेता बन्दै नगद १५ हजार पुरस्कार राशी प्राप्त गर्यो । यसैगरी अन्तिम चारमा परेका पदम पुलामी र लब शाहा तथा गजेन्द्र कुमार चौधरी र राजकुमार चौधरीको समूहले समान नगद ७ हजार ५ सय पुरस्कार राशी प्राप्त गरे । यसैगरी अधिकृत स्तरको प्रतिस्पर्धामा खगेन्द्र शाही र विनोद अधिकारीको समूह पहिलो बन्दै नगद ३० हजार पुरस्कार राशी प्राप्त गरे भने श्याम महर्जन र बासु कलौनीको समूहले उप विजेता बन्दै १५ हजार नगद राशीमा चित्त बुझाउनु परेको छ । यसैगरी रामु श्रेष्ठ र टेकबहादुर बुढा तथा पवन पौडेल र विनोद वानियाको समूह अन्तिम चारमा पर्दै समान ७ हजार ५ सय नगद राशी प्राप्त गरे ।

३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुमा समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।युनियन लुम्बिनी प्रदेशको संयोजनमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : २० बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश