१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने



काठमाडौ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।

यससम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ५२ बजे

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।