१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

स्वस्तिक लघुवित्तले आईपीओ ल्याउने



काठमाडौ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।

यससम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ५२ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको