१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा



बेरुत । सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिने भएका छन ।

लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।

करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व थिए । उनलाई देशको आर्थिक मन्दीका लागि मुख्यरूपमा दोषी ठह¥याइएको छ, जसले मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको देखेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएका थिए । लेबनानको बाँकी राजनीतिक वर्गले उहाँलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले बार्यबाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उपराज्यपालले राजीनामा दिने चेतावनी दिएका थिए ।

मन्सुरीले सोमबार पछि यो पद सम्हाल्ने वा नलिने भन्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।

भूमध्यसागरीय सानो देश ९लेवनान० विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।

करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीति अत्यन्त जटिल छ किनभने १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने स्वीकारोक्ति प्रणालीअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।

लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।

भ्रष्टाचार गरी अकुतरूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको विषय बन्नुपरेको छ ।

उनी फ्रान्स र जर्मनीको खोजीको सूचीमा छन र इन्टरपोलले उनको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ, तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।

एक युरोपेली कुटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहमाथि चाँडै नै पेरिसमा मुद्दा चलाइने छ ।

सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले १२ लाख युरो ९१३ लाख ५० हजार अमेरिकी डलर० बराबरको सम्पत्ति जफत गरेका थिए ।

गत फेब्रुअरीमा लेबनानले पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लगाएको थियो ।

स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उनका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : १६ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित