९ बैशाख २०८३, बुधबार | April 22, 2026

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबिच भेटवार्ता



दोहा । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिवान प्रतिनिधिमण्डललाई भेटेको खबर आएको छ । भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो । बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र प्राविधिक विज्ञहरुको सहभागिता रहेको थियो ।

अमेरिकी टोलीको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गरेका थिए । थोमस वेस्टका अतिरिक्त टोलीमा अफगानिस्तानमा महिला, बालिका र मानवअधिकारका लागि विशेष दूत रिना अमिरी र अफगानिस्तानमा अमेरिकी नियोगका प्रमुख केरेन डेकर थिए । बैठकमा अफगानिस्तानको हित र त्यहाँको मानवीय संकटका बारेमा छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टोलीले अफगानिस्तानका जनतालाई सहयोग गर्न दुई देशबीचको आपसी विश्वासलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराउन सहयोग संस्थाहरूलाई सहयोग गर्न नैतिक सिद्धान्तहरूमा आधारित सहयोग गर्न आह्वान गरेको छ । अमेरिकाले अफगानिस्तानमा द्रुत रूपमा घट्दै गएको मानवअधिकारको मुद्दामा पनि चिन्ता व्यक्त गरेको छ र तालिबानलाई मिडियामा प्रतिबन्ध, धार्मिक अभ्यासहरूमा कडाइ जस्ता निर्णयहरू फिर्ता लिन आग्रह गरेको छ ।

भेटका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानको केन्द्रीय बैंक र अफगानिस्तानको अर्थ मन्त्रालयका अधिकारीसँग पनि वार्ता गरेको थियो र अफगान अर्थतन्त्रमा देखिएका चुनौतीका बारेमा पनि छलफल भएको थियो । अमेरिकाले तालिबानलाई अमेरिका र उसका सहयोगीहरूको सुरक्षामा कुनै खतरा नहुने भन्दै तालिबानलाई आफ्नो वाचाको स्मरण गराएको थियो र सुरक्षाको विषयमा पनि छलफल भएको थियो ।

अमेरिकाले तालिवानद्वारा पक्राउ परेका अमेरिकी नागरिकलाई रिहा गर्न माग गरेको छ । यससँगै अफिम-पोपपी खेतीमा प्रतिबन्ध, लागुऔषध तस्करीलगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ५६ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका