५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने



काठमाडौ । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो ।

लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ४३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन