६ पुस २०८२, आइतबार | December 21, 2025

३७ वर्षअघि बेपत्ता आरोहीको शव फेला, डीएनए परीक्षणपछि पुष्टि



स्वीजरल्याण्ड । स्विस आल्प्स पहाडमा ३७ वर्षअघि बेपत्ता भएका एक आरोहीको शव फेला परेको एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ । हिमनदी पग्लिएर यो सम्भव भएको दाबी गरिएको छ । डिएनए परीक्षणपछि भेटिएको शव ३८ वर्षीय हराइरहेका आरोहीको भएको पुष्टि भएको छ ।

बीबीसीको रिपोर्टका अनुसार जुलाई १२ मा स्विट्जरल्याण्डको जरमेटको दक्षिणमा रहेको थियोडुल ग्लेशियरमा पर्वतारोहीहरूले पग्लिएको हिउँमा मानव अवशेष देखेपछि उक्त शव फेला परेको थियो। उनले यसबारे प्रहरीलाई जानकारी दिए । त्यसपछि शवहरूलाई नजिकैको सहर सायनस्थित वालेस अस्पतालको फोरेन्सिक मेडिसिन युनिटमा पठाइएको थियो। अस्पतालमा भएको डीएनए परीक्षणले उक्त अवशेष सन् १९८६ मा हिमालमा हराएका ३८ वर्षीय आरोहीको भएको पुष्टि गरेको थियो ।

सो अवशेष भेट्टाउने पहिलो पर्वतारोहीहरूले प्रहरीलाई भने कि उनीहरूले पहिले जुत्ता देखे, त्यसपछि जुत्ता मुनि हिउँमा एउटा क्र्याम्पोन उपकरण अड्किएको थियो । जुन जुत्ताको तल्लो भागमा जोडिएको हुन्छ र आरोहणमा मार्गदर्शन गर्ने गर्दछ । यस्तो अवस्थामा उनीहरूले बुझे कि यी आरोहीका अवशेष हुन् ।

सोही क्रममा प्रहरीले डीएनए परीक्षणपछि आरोहीको पहिचान सम्भव भएको विज्ञप्तिमा जनाएको छ । उक्त अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण हिमनदीहरू लगातार पग्लिँदै गएका छन् । यस्तो अवस्थामा सबै आरोहीको शव निकाल्ने काम भइरहेको छ । पछिल्लो समय हिमनदी पग्लिएर धेरै आरोहीहरुको शव भेटिएको पनि प्रहरीले जनाएको छ, जसको बेपत्ताको खबर दशकौं अघि दर्ता भएको हुनसक्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३६ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक