२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तालिवानले तोडेको बुद्धको मुर्ति हेर्न अफगानिस्तानमा पर्यटकको घुइचो



अफगानिस्तान । रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ, जहाँ ६ वटा प्राकृतिक तालहरूको श्रृंखलासमेत रहेका छन् ।

आफ्नो बौद्ध संस्कृति र आकर्षक परिदृश्यको लागि प्रसिद्ध, मध्य प्रान्त बाम्यान दशकौंको युद्ध र गृहयुद्धमा नराम्ररी क्षतिग्रस्त भएको थियो।

यद्यपि, प्रचुर मात्रामा ऐतिहासिक स्मारकहरू रहेको उच्च भूमि युद्धग्रस्त राष्ट्रमा थप शान्ति पुनर्स्थापनासँगै फेरि पर्यटकको केन्द्रबिन्दु बनेको छ। सो क्षेत्रमा तालिवानले एेतिहासिक बुद्धको मुर्ती तोडेको थियो ।

‘म मजार ए शरीफ शहरबाट आएको हुँ। त्यहाँको मौसम तातो र उष्णकटिबंधीय थियो, तापक्रम ४६ डिग्री सेल्सियस भएकोले यहाँ आएँ,’ अफगान पर्यटक हबिबुल्लाह मिर्जादले सिन्ह्वालाई भने।

साथीहरूसँग ब्यान्ड ए अमिर तालहरू घुम्न गएका मिर्जादले खुसीसाथ भने, ‘हाम्रो गन्तव्यहरूमध्ये एउटा बामियानको सुन्दर परिदृश्य हेर्नको लागि ब्यान्ड ए अमिर थियो।’

अफगान पर्यटकले पनि आफ्नो युद्धग्रस्त देशमा शान्ति फर्किएकोमा खुसी व्यक्त गर्दै भने, ‘सुरक्षा अवस्था राम्रो छ, हामीले कुनै सुरक्षा समस्या भोग्नुपरेको छैन ।

बामियानको रमाइलो गर्मी मौसमले पनि पर्यटकहरूलाई यसको पहाडी र रमणीय परिदृश्यको आनन्द लिन प्रोत्साहित गर्दछ।

‘म तातो मौसमबाट बच्न सारी पुल प्रान्तबाट आएको हुँ। सारी पुल धेरै तातो छ र आजकल त्यहाँको तापक्रम ३९ देखि ४० डिग्री सेल्सियस छ,’ अर्का आन्तरिक पर्यटक अब्दुल बसिरले भने।

‘हाम्रो बाम्यान भ्रमणको उद्देश्य प्रकृतिको सौन्दर्य, विशेष गरी ब्यान्ड ए अमिर तालहरूको आनन्द लिनु हो,’ बसिरले भने। अधिकारीका अनुसार पछिल्लो दुई वर्षयता बामियान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निरन्तर बढेको छ ।

‘१ हजार २०० विदेशी पर्यटकले बाम्यान भ्रमणका लागि आफनो नाम दर्ता गरेका छन् र तीमध्ये करिब ७०० ले बुद्धको मूर्ति ९अवशेष० हेर्न टिकट लिएका छन्’ बामियानको पर्यटन विभागका प्रान्तीय प्रमुख मोहम्मद दीन मोफ्लेहले भने।

मोफ्लेहले जुन २९ बाट सुरु भएको इद अल अधाको बिदामा करिब ७० हजार पर्यटकले बामियान भ्रमण गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ३२ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ