१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

उत्तराखण्ड पहिरोमा बेपत्ता भएका नेपालीको खोजीका लागि परराष्ट्रलाई गृहमन्त्रालयको पत्र



काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो।

स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : २६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले