९ चैत्र २०८२, सोमबार | March 24, 2026

विद्यालय शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु



बर्दिया । बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ।

बढैयाताल गाउँपालिका-७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो।

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीको भनाइ छ। बुधबार दिउँसो करिब पौने ३ बजे बालिका शौचालय गएकोमा पर्खाल एक्कासी भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराईरहेकी बालिकाको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ५४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११