१८ भदौ २०८३, बिहिबार | September 3, 2026

‘विदेश गए झन् दुःख पाइन्छ, त्यसैले सैलुन खाेल्याैँ, महिनाकाे २० हजार कमाए पुग्छ’


२० श्रावण २०८०, शनिबार  

312
Shares

दैलेख । दैलेखको नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भारत) जानु बाध्यता हो ।

करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि मजदुरी गर्दै साँझ बिहान गाँसको जोहो गरेर दिन बिताउँछन् ।

सोही ठाउँ बस्ने १८ वर्षीया जीवन नेपालीले पनि भारतका विभिन्न ठाउँमा रोजगारीको खोजीमा भौतारिनुका साथै अहिले आएर आफ्नै ठाउँमा ज्याला मजदुरी गर्दै दिन बित्दै आएको छ । कामको खोजीमा भारतका विभिन्न ठाउँमा धेरै दुःख उठाएको बताउने उनले अहिले आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गर्दै आएका छन् ।

पछिल्ला वर्ष कामको खोजीमा विदेशिने युवायुवतीको सङ्ख्या बढ्दै गए पनि जीवन र उनका भाइ पुरनले ‘दाजुभाइ हेयर कटिङ सेन्टर’ सञ्चालन गरी स्थानीयस्तरमै रोजगारीमा लागेका हुन् ।

बाहिरी मुलुकमा काम गर्दा पाएको दुःख सम्झँदै आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गरिएको जीवनले बताए । ुपरिवारको खर्च धान्नलाई भारतको गुजरातस्थित एक होटेलमा काम गरेँ मालिकबाट महिनौँसम्मको पनि ठगिएँ, अनि लाग्यो आफ्नै ठाउँमा बसेर केही गर्नुपर्छु, उनले भने ।

जीवनको ६ जनाको परिवार छ । उनको परिवारका सबैले अरूकामा काम गरेर गुजारा चलाउँदै आएका छन् । घरको जेठो छोरा भएकाले परिवारको धेरै जिम्मेवारी काँधमा बोकेर पराई मुलुकमा कामका लागि गरेको सङ्घर्षले आफ्नै ठाउँमा मेहनत गर्ने आँट पलाएको जीवनको भनाइ छ ।

उनले भने, ुबाहिरी मुलुकमा काम गर्न जाँदा आफ्नो पीडा कसैलाई सुनाउन पाइँदैन, सुनिदिने पनि कोही हुँदैनन्, बिरामी पर्दासमेत काममै लाग्नुपर्ने बाध्यता हुन्छ, सीप सिक्यौँ भने यही रोजगारी पाइन्छ, आफैँ व्यवसायी बन्न पनि सकिन्छ ।ु

स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा हेयर कटिङ व्यवसायमा लागेका २३ वर्षीया भाइ पुरन पनि अहिले आफ्नै ठाउँमा खुसी छन् । कक्षा १० पास गरेका उनले गरिबीका कारण माथिल्लो कक्षा अध्ययन गर्न नपाएपछि ज्याला मजदुरी गर्न बाध्य हुँदै आएका थिए ।

एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट खसेर शक्त घाइते भएका उनलाई जिन्दगी कसरी चलाउने भन्ने चिन्ताले पिरोल्ने गर्थ्यो । रुखबाट खसेर आन्द्रा फुटेपछि अन्य काम गर्नसक्ने अवस्था नभएको पुरनले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : २५ बजे

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन