२५ मंसिर २०८०, सोमबार | December 12, 2023

जुम्लाको तिला गाउँपालिका योजना कार्यान्वयनमा अब्बल


२० श्रावण २०८०, शनिबार  

156
Shares

जुम्ला । जुम्लाको तिला गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये योजना कार्यान्वयमा अगाडि देखिएको छ । पछिल्लो समयमा तिलाले संरचनागत विकासमा फड्को मारेको छ । गाउँपालिकाले नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

गाउँपालिकाले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० को आयव्यय, योजनाको विवरण र वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले कूल अनुमानित बजेटको रु ४३ करोड ९८ लाख ७९ हजार पाँच सय ८४ पालिकाले खर्च गरेको छ । चालु खर्चतर्फको बजेट रु ३२ करोड ७९ लाख पाँच हजारमध्ये २८ करोड ७९ लाख ६६ हजार एक सय ७१ अथवा ८७ दशलव ७२ प्रतिशत खर्च भएको छ ।

पूँजीगत खर्चको बजेट रु २७ करोड ८१ लाख पाँच हजारमध्ये रु १५ करोड २४ लाख ४१ हजार सात सय ६३ अथवा ५६ दशमलव २८ प्रतिशत गरी जम्मा चालु र पूँजीगत गरी ७३ दशमलव ४७ प्रतिशत जम्मा खर्च भएको छ । सो बजेटबाट सङ्घीय सरकारलाई रु एक करोड ६९ लाख ७८ हजार आठ सय ६८ र प्रदेश सरकारलाई रु ६१ लाख ८० हजार दुई सय ५० खर्च हुन नसकी फिर्ता गएको छ ।

गाउँपालिकाको गत वर्ष बाँकी रहेको रकम रु दुई करोड ४४ लाख १५ हजार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । गाउँपालिकाले आन्तरिक राजस्व स्रोत रु २४ लाख सङ्कलन गर्ने अनुमान रहेकामा रु १८ लाख ७६ हजार पाँच सय तीनमात्र राजस्व सङ्कलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टको भनाइ छ । गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । सङ्घ प्रदेश र पालिकाको आफ्नै लगानी र विभिन्न चारवटा अनुदानका शीर्षकबाट कूल एक सय ६७ वटा योजना छनोट गरिएकामध्ये असार मसान्तसम्म एक सय ६१ वटा योजनाको निर्माण सम्पन्न भएका छन् । चारवटा योजना सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए ।

सङ्घीय विशेष अनुदान र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयनमा आएका गौरवका योजनामध्ये पालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासीसम्म तटबन्धन निर्माण, लाटिका थानदेखि लर्मी गाउँसम्म सडक निर्माण, कुडारी बजारदेखि डुङ्गीसम्म सडक स्तरोन्नति, राँसादेखि नदैगुफा सडक निर्माण, घोडेसिम खानेपानी आयोजना निर्माण, घोडा ज्युलादेखि गाडापारि सिँचाइ कुलो निर्माण, दश शय्या अस्पताल निर्माणाधीन अवस्था, मानेचौर मावि पक्की भवन निर्माण, सरस्वती मावि, सेतिबाडा मावि, ज्योति मावि, देउराली मावि र देविदेउराली आविको पक्की भवन निर्माण भएको तिला गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाले जानकारी दिए ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरवीर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नुपर्ने बताए । तिला गाउँपालिका निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढाले स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय सरकारले विकासमा गति लिने बताइन्। जनताको आवश्यकताअनुसार सेवाप्रवाहलाई सशक्तरुपमा गाउँकेन्द्रित गरिने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको भनाइ छ । स्थानीय सरकार गठनपश्चात् भौतिक पूर्वाधार क्षेत्रका संरचनागत विकासमा तिलाले उल्लेख्य सफलता हासिल गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताए।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका निर्माण, शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रका बारेमा जिज्ञासा, सुझाव राखेका थिए । सहभागीले प्रश्न स्थानीय सरकारको काम कारबाहीबारे प्रश्नसमेत राखेका थिए । सहभागीले सेवाप्रवाहको गुनासो तथा विकास निर्माणका कामबारे प्रश्न तथा सुझाव राखेका छन् । प्राप्त सकारात्मक सुझावलाई ग्रहण गरी विषयगत रुपमा कार्यान्वयन गरिने गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ९ : ४४ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका