२९ भदौ २०८३, सोमबार | September 14, 2026

गुरुहरुका गुरुबाट वैद्य सम्मानित



भक्तपुर । गुरुहरुका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका भक्तपुरका शिक्षाविद् प्राध्यापक बैद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशाश्त्री समाजले बैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव समाजका अध्यक्ष प्राडा प्रेमनारायण अर्याल, प्राडा तीर्थराज पराजुली र अर्का प्राडा बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् ।

प्राध्यापक बैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्दैनन् । बैद्यको स्वास्थ्यका कारण उनलाई घरमै पुगेर सम्मानपत्र प्रदान गरिएको हो ।

प्राध्यापक वैद्यको जन्म १९४० विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ३० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा