१५ माघ २०८२, बिहिबार | January 29, 2026

गुरुहरुका गुरुबाट वैद्य सम्मानित



भक्तपुर । गुरुहरुका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका भक्तपुरका शिक्षाविद् प्राध्यापक बैद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशाश्त्री समाजले बैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव समाजका अध्यक्ष प्राडा प्रेमनारायण अर्याल, प्राडा तीर्थराज पराजुली र अर्का प्राडा बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् ।

प्राध्यापक बैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्दैनन् । बैद्यको स्वास्थ्यका कारण उनलाई घरमै पुगेर सम्मानपत्र प्रदान गरिएको हो ।

प्राध्यापक वैद्यको जन्म १९४० विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : ३० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण