९ श्रावण २०८३, शनिबार | July 26, 2026

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, तीन वर्ष जेल सजायँ, ५ वर्ष चुनाव लडन प्रतिबन्ध



इस्लामावाद । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाए लगत्तै पक्राउ गरिएको छ ।

इमरान खानलाई जिल्ला सत्र अदालतले तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाए लगत्तै इस्लामावाद प्रहरीले लाहोरबाट पक्राउ गरेको हो ।

सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो जरिवाना नतिरे थप ६ महिना जेल बस्नु पर्नेछ । अदालतले यो पनि भनेको छ कि इमरान खानले जानाजानी गलत जानकारी दिएका छन्।

फैसला सुनाउँदै इस्लामावादको जिल्ला तथा सत्र अदालतका अतिरिक्त न्यायाधीश हुमायुन दिलावरले यस मुद्दामा पूर्वप्रधानमन्त्री खान माथि लगाइएको आरोप प्रमाणित भएको बताए । इमरान खानले जानीजानी तोशखाना उपहारहरूको नक्कली विवरण इसीपीलाई बुझाए र भ्रष्ट अभ्यासको दोषी ठहर भए ।

साथै, यो आदेशसँगै इमरान खान आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्यसमेत भएका छन् । पाकिस्तान तहरीक ए इन्साफ ९पीटीआई० पञ्जाबले इमरान खानलाई कोट लखपत जेलमा लगिएको पुष्टि गरेको छ। यस मामिलामा इमरान खानले सत्तामा रहँदा सरकारी पसल ९तोशाखाना० बाट लिएका महँगो उपहार बेचेर नाफा कमाएको आरोप लागेको थियो ।

यो मुद्दा गत वर्ष पाकिस्तानको निर्वाचन आयोगको उजुरीमा दायर गरिएको थियो। तोषाखाना मन्त्रिपरिषद् डिभिजन अन्तर्गतको एक विभाग हो, जहाँ अन्य सरकार प्रमुख र विदेशी प्रतिष्ठित व्यक्तिहरूको तर्फबाट शासकहरू र सरकारी अधिकारीहरूलाई दिइने उपहारहरू राखिन्छन्। इमरान खानले तोशाखानाबाट महँगो घडीसहित केही उपहार किनेर नाफा कमाउन बेचेका थिए ।

यसअघि इमरान खानलाई मे ९ मा पनि यस मामिलामा पक्राउ गरिएको थियो । इमरान खानको गिरफ्तारीको विरोधमा पाकिस्तानमा धेरै हिंसा भएको थियो र महत्त्वपूर्ण सैन्य प्रतिष्ठानहरूमा पनि आक्रमण भएको थियो। त्यसपछि इमरान खानलाई भोलिपल्ट रिहा गरियो र हिंसाको आरोपमा हजारौं पीटीआई कार्यकर्तालाई पक्राउ गरियो।

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ३६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको