५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भारतको श्रावस्तीमा जीप दुर्घटना हुँदा नेपालगन्जका २ परिवारका ६ जनाको मृत्यु



नेपालगन्ज । भारतको श्रावस्तीमा भएको बलेरो दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ। शनिबार साँझ ६ः३० बजे भएको दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका बैभव गुप्ता, उनकी पत्नी दिपिका गुप्ता, ५ बर्षकि छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो  ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको सोही दुर्घटनामा मृत्यु भएको छ । भारत बहराइच जिल्लाको श्रावस्ती स्थित एकाउन्न भन्ने स्थानमा शनिबार राती उनीहरु सवार बलेरो जीप रुखमा ठोक्कीएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा निधन हुने ६ जना नै आफन्त नातेदार हुन् । अजय नाम भएको बलेरो चालक गम्भीर घाइते भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रावस्तीको गौतम बुद्ध सर्कित अन्तरर्गतको सडकमा गाईवस्तुलाई जोगाउन खोज्दा बलेरो अनियन्त्रित भई रुखमा ठोक्कीएको थियो । स्थानीय इकोना प्रहरीले गाडीको ढोका काटेर दुर्घटनामा परेका सबैलाई बाहिर निकालेर स्थानीय सीएचसीमा लगेको थियो । त्यहाँ चिकित्सकले निलांस, नीति, महिला र दुई बालबालिकालाई मृत घोषणा गरेको थियो । गम्भीर अवस्थामा रहेका वैभवलाई मेडिकल कलेज बहराइचमा रिफर गरिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चालक अजयको इकोनामा उपचार भइरहेको छ ।

दुइ परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज् बजार शोकमा परेको छ । बैभव भारत बलरामपुर माइतीमा रहेकी पत्निलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ०३ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको