७ आश्विन २०८३, बुधबार | September 23, 2026

टयुनिसियामा आप्रवासी जहाँज पल्टिदा चारको मृत्यु, ५१ बेपत्ता



लन्डन । ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।

एक प्रहरी अधिकारीका अनुसार जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताए । उनका अनुसार डुंगा पल्टिदा बेपत्ता भएकाे खाेजी कार्य जारी राखिएकाे छ । तटरक्षक देखी प्रहरी र जलसेनाहरू उनीहरू अझै जीवित रहेकाे आशामा खाेजी कार्यलाइ तिब्र बनाइएकाे छ ।

यस्तो घटना भएको यो पहिलो पटक भने होइन । मार्चमा पनि यस्ता घटनामा दुई दर्जनभन्दा बढीको ज्यान गएको थियो ।

उत्तर अफ्रिकी देशहरूले यो वर्ष धेरै आप्रवासीहरू देखिरहेका छन् । आफ्नो ज्यान जोखिममा पारेर मानिसहरु डुङ्गाको सहारा लिएर यात्रा गर्ने गरेकाले डुंगा डुब्ने घटना बारम्बार सार्वजनिक भइरहेका छन् । देशका आन्तरिक मन्त्रीले जुलाईमा भनेका थिए कि ट्युनिसियाको तटरक्षकले यस वर्ष जनवरी १ देखि जुलाई २० सम्म आफ्नो तटमा डुबेका आप्रवासीहरूको ९०१ शव फेला पारेको छ, जुन देशको किनारमा अभूतपूर्व संख्यामा मारिएका छन् ।

गत १६ जुलाईमा ट्युनिसिया र युरोपेली संघ (इयु) ले मानव तस्करहरू विरुद्ध लड्न र सिमाना कडा गर्न ‘रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गरेका थिए किनभने उत्तर अफ्रिकी राष्ट्रबाट युरोप जाने डुङ्गाहरूमा तीव्र वृद्धि भएको कारण ट्युनिसियाले लिबियालाई यस क्षेत्रको मुख्य प्रस्थान बिन्दुको रूपमा प्रतिस्थापित गरेको थियो ।

युरोपमा राम्रो जीवनको आशामा अफ्रिका र मध्य पूर्वमा गरिबी र द्वन्द्वबाट भागेका मानिसहरूका कारण अहिले युरोपको टाउको दुखाई बनिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११