३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बसको ठक्करबाट कपिलवस्तुमा एकै पटक १० गाईगोरुको मृत्यु



कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थित पानीडाँडा सडकमा बसको ठक्करबाट एकै पटक १० गाईगोरुको मृत्यु भएको छ।

दाङबाट काठमाडौं तफै जादै गरेको बागमती प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले सामेवार मध्यरातमा बाटोमा बसिरहेको छाडा गाई गोरुलाई ठक्कर दिएको हो। तीब्र गतिमा रहेको बसले ठक्कर दिँदा एकै पटक ५ वटा गाई र ५ वटा गोरु मरेको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

दुर्घटनामा परी एकै पटक यत्रो संख्यामा चौपायामा मरेको यो जिल्ला मै पहिलो घटना भएको उनले बताए। दुर्घटना गराउने बस ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छ। सो बसमार रहेको यात्रुहरु भने सकुशल रहेको र उनीहरुलाई अन्य बसमा पठाइएको तिमिल्सिनाले बताए। घटनाको अनसन्धान भईरहेको प्रहरीले जनाएको छ। छाडा गाई गोरुको ब्यवस्थापन नगरिदा कपिलवस्तुमा दुर्घटनाको जोखिम बढेको छ। अनाहकमा चौपायाहरुको समेत ज्यान जाने गरेको छ। मरेको गाई गोरुलाई डोजरद्धारा ब्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०४ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क