१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला


२४ श्रावण २०८०, बुधबार  

143
Shares

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ ।

बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : २१ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको